Featured Slider Top News स्वास्थ्य

थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२५ असोज,काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार १९५ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८८८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *