Featured Slider Top News राजनीति

अध्यक्ष पदमा उम्मेदवारी दिने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।

अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता रावलले मंसिरका हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताए ।

उनले कार्यकर्ताको इच्छा र आकाक्षा अनुसार आफूले उम्मेद्वारी तयारी गरेको भन्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बताए ।

‘कार्यकर्ताले केमा उठ्नुहुन्छ भन्नुहुन्छ, धेरैले अध्यक्षमा उठ भन्नुभएको छ । म त्यसैमा उठ्छु,’ उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन । मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो । कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु ।’

Leave a Reply

Your email address will not be published.