Featured Slider Top News सम–सामयिक

एउटा परिवारको तथ्यांक लिन ३० मिनेट लाग्ने

२४ कार्तिक,काठमाडौं । केन्द्रीय तथ्यांक विभागले भोलि (बिहीबार)देखि सुरु हुने राष्ट्रिय जनगणना कार्यमा एउटा परिवारको तथ्यांक संकलन गर्न करिब ३० मिनेट लाग्ने जनाएको छ ।

जनगणना कार्यका लागि ४० हजारजना गणक परिचालन हुँदै छन् । ८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.