स्थानिय खबर

बृद्ध बुबालाई छोराले मराणसन्न हुनेगरि कुटपिट

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारीबथानमा ७५ वर्षीय बृद्ध बुबालाई आफ्नै छोराले मराणसन्न हुनेगरि कुटपिट गरेका छन् ।

गएराति घरमै सुतिरहेका ७५ वषीय बुबार टेकबहादर अछामीलाई उनकै छोरा ४० वर्षीय कुमार अछामीले कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार राति करिब २ बजे कुमारले सुतिरहेका बृद्ध बुबालाई हम्बर र गलजस्ता घातक हतियारले टाउकोमा हानेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका टेकबहादुरलाई उपचारार्थ धनुषाको लालगढस्थित मोडल अस्पताल पठाइएको सर्लाही प्रहरीले जनाएको छ । बुबालाई कुटपिट गर्ने छोरा कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *