इलाम । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् ।
नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् ।
नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो ।
कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् ।