स्थानिय खबर

बाटो छेकेर गरगहना लुट्नेलाई १२ वर्ष कारागार

नुवाकोट । बाटो रोकेर महिलाको नगद र गहना लुटेको अभियोगमा नुवाकोट बागेश्वरीका रमेश तामाङ अदालतबाट १२ वर्ष कैद सजाय पाई कारागार चलान भएका छन् ।

२०७३ साल भदौ २७ गत लिखु गाउँपालिकाको ३ की निर्मला राईको एक लाख नगद र पाँच लाख मूल्य बराबरको गहना तामाङले लुटेका थिए । बाटो डिँडिरहेका बेला नगद र गहना लुटेको कसुरमा नुवाकोट जिल्ला अदालतले तामाङलाई १२ वर्ष कैद सँजाय तोकेको थियो ।

अदालतबाट दोषी ठहर भएसँगै फरार गाउँपालिका-३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको हो । लगत्तै उनलाई कारागार चलान गरिएको छ । 

जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र  एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *