शिक्षा

तीन सय प्राविधिकका लागि खुल्यो जागिर

काठमाडौं । सरकारले तीन जना प्राविधिक जनशक्तिको माग गरेपछि लोकसेवा आयोगले आवदेन खुलाएको छ । निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक पदमा आवेदन माग गरिएको हो ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । लोकसेवा आयोगले ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्ने जनाउँदै आवदेन माग गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं र आठौं तह तथा निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *