अर्थ स्थानिय खबर

मेलौली-पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली-पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो । विसं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताए ।

तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन-पञ्चेश्वर सडकको मेलौली-पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *