Uncategorized

बिदाइ कार्यक्रममा बोल्दै कुलमानले भने– नेतृत्वमा आउन-जानु समान्य हो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रूपमा बिदाइ भएका छन्।

प्राधिकरणका कर्मचारीहरुले उनलाई मंगलबार बिदाइ गरेका हुन्। घिसिङको आइतबार चार वर्षे कार्यकाल सकिएको थियो।

कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए।

कर्मचारीले प्राधिकरणमा रातको १०-१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले आफूले मात्र नभएर टिमले गरेको कामले सफलता हात पारेको बताए।

उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शनअनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको प्रस्ट्याए। उनी २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *