जीवन यात्रा पालिका खबर सम–सामयिक

मिलमा बेरिएर मृत्यु

२८ पुष,काठमाडौँ । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिनुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *