७ माघ,काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ।
यही अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ रहेको छ ।