Uncategorized

प्रदीप ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् । उनले मंगलबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन् ।

अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *