Top News अन्तर्राष्ट्रिय

मुम्बईको २० तले भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

८ माघ,काठमाडौँ । भारतको मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवन कमलाको १८ औं तलामा शनिबार बिहान आगलागी भएको छ।

आगलागीमा परी ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहान सात बजेतिर आगलागी भएको हो ।

दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरूलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको हो ।

समाचार एजेन्सी एनएनआईका अनुसार समयमै ५ एम्बुलेन्स र १३ दमकल पुगेका थिए ।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। मुम्बईकी मेयर किशोरी पेडनेकरले घटनास्थलको भ्रमण गर्दै आगलागी नियन्त्रणमा आएको र अझै पनि भवनबाट धेरै धुवाँ निस्किरहेको उल्लेख गरेकी छिन्।

Leave a Reply

Your email address will not be published.