Top News स्वास्थ्य

थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

८ माघ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार १ सय ८७ वटा नमुना परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये, काठमाडौंका ३७६२, ललितपुरका १११० र भक्तपुरका ४३४ जना संक्रमित रहेका छन् ।

त्यस्तै कोरोना संक्रमणको कारण एकैदिन थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको हो ।

त्यस्तै देशभर कुल ७ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी देशमा हालसम्म ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.