Top News खेलकुद

आहा रारा गोल्डकपः आज मनाङ र आर्मीबीच प्रतिस्पर्धा हुँदै

१३ माघ,बैतडी । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुने खेलको विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ ।

फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published.