Top News स्वास्थ्य

थप ८ हजार १७ जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु

१३ माघ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

गत २४ घण्टाको अवधिमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ।

मन्त्रालयका अनुसार आज ५ हजार २९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ ।

देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.