१४ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
यही अवधिमा थप १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।
यसैगरी ५ हजार ४३२ संक्रमित कोरोनामुक्त भएका छन् भने हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।