Uncategorized

भारतद्वारा नेपाललाई कोरोनाविरुद्ध लड्ने औषधि ‘रेमडेसिभिर’ प्रदान

काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न भारतले उपहारस्वरुप नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर प्रदान गरेको छ ।

मंगलबार भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे ।

कोरोनाको विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *