Top News खेलकुद

नेपाल र मोरिसस बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

१५ माघ,काठमाडौँ । नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता आज हुँदैछ ।

नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

यो खेलका लागि दुवै टिमले तयारी पुरा गरेका छन्। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सधैझै हारको दोष आफू लिने र जितेको श्रेय खेलाडीलाई दिने बताएका छन्।

यो खेलका लागि नेपाली टिमले दुई हप्तादेखि अभ्यास गरिरहेको छ। यता मोरिससको टिमले पनि डिसेम्बर सुरुदेखि अभ्यास गरिरहेको छ।

तर, मोरिससले अढाई वर्षदेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैन।

Leave a Reply

Your email address will not be published.