१५ माघ,काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नेपालका लागि चर्चित स्ट्राइकर विमलले नेपाललाई जित दिलाउने क्रममा खेलको ५५ औँ मिनेटमा निर्णायक गोल गरेका हुन्। अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्र बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा ठोकिएर जाली चुमेको हो।
विमलले यससँगै देशका लागि नवौँ गोल पनि गरेका छन्। नेपालले अब मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल यही मंगलबार खेल्नेछ।