Top News स्वास्थ्य

थप तीन हजार ५४० मा सङ्क्रमण पुष्टि

१६ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.