राजनीति

नवलपुर काङ्ग्रेस अधिवेशन:अहिलेसम्म कुनै उमेदवारलाई समर्थन गरेको छैन-मदनभक्त अधिकारी

नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला अधिवेशनको सरगर्मी निकै बढेर गएको छ । जिल्लामा कुन नेताको समर्थन को उमेदवारलाई रहने भन्नेकुराले कार्यकर्ता माझ बहसको विषय बनिरहेको छ भने यसै बिच गैंडाकोट नगरपालिकामा भएको एक कार्यक्रममा जिल्ला सभापतिका आकाङ्क्षी बालकृष्ण घिमिरेले आफ्नो उम्मेद्बारी घोषणा गरिरहदा जिल्ला सभापतिका अर्का आकाङ्क्षी पुराना नेता मदनभक्त अधिकारी पनि एकै मञ्चमा हुनुहुन्थ्यो । कार्यक्रम गैंडाकोट वडा कार्यसमिति वडा नम्बर ५ को नियमित बैठकमा उपस्थित हुनुभएका नेता मदनभक्त अधिकारीले जिल्ला अधिवेशनका सन्दर्भमा आफ्नो धारणा राख्दै गर्दा हिजोको अवस्थामा आफ्नो नाममा सहमति गर्ने भनिएको र अहिले आउँदा उमेदवारी बाट पछि हट्नु परेको बताउनु भएको थियो । एक फरक प्रसङ्गमा उहाँले महिना दिन अघि पार्टी सभापति शेरबहादुर देउवाले आफुलाई जिल्ला सभापतिमा उमेदवार हुन गर्नु भएको आग्रहमा आफुलाई पुर्व महामन्त्री एवं नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य माननीय डा. शशांक कोइरालाले उमेदवार हुन आग्रह गरे उमेदवार हुने त्यो हुन नसके सचिब बालकृष्ण घिमिरे लाई पनि समर्थन गर्न सकिने बताएको थिए भनेको र उक्त कुरालाई लिएर आज मिडियामा मदनभक्त अधिकारीको समर्थन बालकृष्णलाई भन्ने शिर्षकको समाचार आएकोमा खण्डन गर्नुभयो । त्यो बेला र अहिलेको प्ररिस्थिती फरक पनि हुन सक्ने र आफू अहिले कसैको पक्षमा नखुलेकाले त्यस्ता किसिमका समाचारले कार्यकर्ता माझ सहि सन्देश नजाने बताउनुभयो । जिल्ला अधिवेशन आउँन केही दिन मात्र बाकी रहदा उहाँले आफुले छिट्टै उपयुक्त समयमा आफ्नो समर्थनको विषयमा सम्पुर्ण कार्यकर्तालाइ जानकारी दिने बताउनुभयो ।
जिल्ला सभापतिमा महेन्द्रध्वज जीसी, मदनभक्त अधिकारी र बालकृष्ण घिमिरेको चर्चा छ ।

Leave a Reply

Your email address will not be published.