स्थानिय खबर

कोरोना महामारीकाबीच तिहारको रौनक

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच तिहारको रौनक छाएको छ । दशैँको तुलनामा गाउँघरमा चहलपहल देखिएको छ । दिनमा रंगचंगी फूल र रातमा अनेकौँ बत्तीले गाउँशहर झिलिमिली भएका छन् ।

कोरोनाको त्रासले सुनसान हुने अपेक्षाविपरित बजारमा तिहारको सरसामान किन्नेको भीडभाड लगभग विगतझैँ छ । सोमबार तिहारको अन्तिम दिन भएकालेसमेत बजारमा मानिसको चहलपहल ब्यापक देखिएको छ ।

काठमाडौंका असन, न्युरोड लगायतका क्षेत्रको भीड व्यवस्थापनमा मात्रै ५५ भन्दा बढी ट्राफिक प्रहरी खटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

बजारको अस्तव्यस्त भीडले ब्यापार चम्किएको सहझैँ आकलन गर्न सकिन्छ । तर, व्यापारीहरू भने अझै पनि विगतजस्तो व्यापार नभएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *