Uncategorized

कोरोना महामारीको एक वर्ष पूरा

काठमाडौं । चीन हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण पहिलोपटक पुष्टि भएको १७ नोभेम्बरमा ठ्याक्कै वर्षदिन पुगेको छ । यसबीचमा कोरोना संकटले संसारभरको सामाजिक, आर्थिक संरचनालाई तहसनहस बनाइदिएको छ । अधिकांश मुलुकको जनजीवन अस्तव्यस्त छ ।

चीन सरकारको अप्रकाशित एक रिपोर्टअनुसार हुबेई प्रान्तका ५५ वर्षका पुरुषमा १७ नोभेम्बर २०१९ मा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । नोभेम्बरमा चार पुरुष र पाँच महिलामा संक्रमण देखियो । खासगरी, डिसेम्बर २०१९ देखि मानिसबाट मानिसमा कोरोना भाइरस प्रसार भएको मानिन्छ । २० डिसेम्बरसम्ममा हुबेई प्रान्तमा २० जना संक्रमित भए, यो संख्या ३१ डिसेम्बरसम्ममा दुई सय ६६ पुग्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख १४ हजार चार सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ३० हजार नौ सय ४६ सक्रिय संक्रमित छन् । हालसम्म एक हजार दुई सय ४७ जनाको मृत्यु भएको छ । र, कुल संक्रमितमध्ये ७९ हजार दुई सय ४२ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *