स्वास्थ्य

क्यान्सरपीडित बालबालिकाको शिक्षाका लागि ‘क्यान्सर एजुकेसन फन्ड’ घोषणा

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले क्यान्सरपीडित बालबालिकाको शिक्षाका लागि ‘क्यान्सर एजुकेसन फन्ड’ को घोषणा गरेकी छन् । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार कोइरालासँग रहनेछ ।

बच्चालाई सपना देख्न, भविष्यबारे सोच्न, लक्ष्य राख्न शिक्षा पहिलो आधार हो, सबैलाई थाहा छ । तर, त्यसका लागि हामीले वातावरण पनि बनाइदिनुपर्छ । जुन वातावरण बनाउने कोसिस हो यो,’ फन्डको बिहीबार औपचारिक घोषणा गर्दै उनले भनिन् ।

मनीषा आफैँ पनि क्यान्सर जितेकी व्यक्ति हुन् । आफूमा भएको आत्मबल, आफूप्रतिको विश्वास, परिवार तथा शुभचिन्तकको हौसला र कामना अनि डक्टरहरूको मिहिनेतले आफूले क्यान्सरलाई परास्त गरेको उनले बताइन् ।

उनले भनिन्, ‘यो अभियानलाई लामो गति दिऔँ, पीडितको घाउमा मलम लगाउन सदैव तयार रहनेछु । र, क्यान्सरका कारण संकटमा परेकालाई सहयोग गर्न पाउनु आफैँमा गर्वको कुरा हो ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *