Uncategorized

बिहीबारदेखि लामो दूरीको यातयात सञ्चालन गर्न व्यवसायी तयार

काठमाडौं । बिहीबार देखि (१ असोज) बाट यातयात व्यवसायीहरुले लामो दूरीको सवारी साधनहरु सञ्चालनमा ल्याउने भएका छन्। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेबाट सुरु गरेको लकडाउनसँगै लामो दूरीको यातयात अहिलेसम्म सञ्चालनमा आएको थिएन।

यातयात व्यवसायीहरुले लामो दूरीको यातयात सञ्चालनमा ल्याउनका लागि भदौ २६ गते यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र कोभिड(१९ संकट व्यवस्थापनलाई असोज १ गतेबाट सार्वजनिक गाडी चलाउने जानकारी गराएका थिए।

यस कुरालाई मध्यनजर गर्दै हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको सार्वजनिक यातयात सञ्चालन १ असोजबाट गर्न निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत सिटमामात्र यात्रु बोक्नेगरी लामो दूरीको सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *