खेलकुद

पूर्वसांसद् नरेन्द्र साहद्वारा खेलकूद सामग्री हस्तान्तरण

सर्लाही । पूर्वसांसद् तथा समाजसेवी नरेन्द्र साहले सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीस्थित सिदार्थ युवा क्लबलाई शुक्रबार खेलकूदका सामग्री सहयोग गरेका छन् ।

स्वास्थ र अनुशासनका लागि खेलकूद भन्ने भावनाका साथ साहले फुटबल, भलिबल, ब्याटमिन्टन र जर्सी सहयोग गरेका हुन् ।

क्लबका अध्यक्ष जीवन लामाले पूर्वसांसद साहले युवाहरुको स्वास्थ्य र अनुशासनका लागि ठूलो सहयोग गरेको बताए । 

साह पवित्र पर्व छठको अवसरमा जिल्लाबासीसँग शुभकामना आदानप्रदान गर्न जिल्लाको संसदीय निर्वाचन क्षेत्र ३ मा व्यस्त छन् । साह अघिल्लो संसदीय निर्वाचनमा क्षेत्र ३ बाट स्वतन्त्र उमेदवार थिए । निर्वाचनमा पराजित भए पनि उनी निरन्तर आफ्नो क्षेत्रका जनताको भलाईको काममा क्रियाशिल छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *