स्थानिय खबर

म्याग्दीमा पनि मनाइयो छठ

बेनी । म्याग्दीमा शुक्रबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा छठ मनाइएको छ ।

म्याग्दी २०७५ सालमा हिमाली जिल्लामा सूचीकृत भएको थियो । पहिलो पटक म्याग्दीमा छठ पर्व मनाइएको बताइएको छ । बेनीमा व्यवसाय गरेर बस्ने वीरगन्जमा विजयकुमार साह कोरोना महामारीका कारण यस वर्ष छठ पर्व मान्नका लागि घर जान पाएनन् ।

हरेक वर्ष छठ मान्न जन्मथलो पुग्ने उनीजस्तै श्रद्धालुले यसवर्ष म्याग्दीमै छठ पर्व मनाएका हुन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।

छठ मनाउन जम्मा भएका ब्रतालुलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । पहिलो पटक प्रत्यक्षरुपमा छठ पूजा गरेको देखेर स्थानीयले रमाइलो मानेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *