स्थानिय खबर

तारमा अल्झिएको अवस्थामा सप्तरीमा हात्ती मृत फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए ।

पूर्वपिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।’ उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *