स्वास्थ्य

डिसेम्बरबाट आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने तयारीमा अमेरिका

काठमाडौ । अमेरिकाले आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड–१९को खोप दिने तयारी गरेको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा.मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घण्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् ।

खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *