Uncategorized

‘कोरोना संक्रमित’ कांग्रेस महामन्त्रीलाई कस्तो छ ?

काठमाडौं । कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला सोमबार राति काठमाडौंको ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। तिवारीले कोइरालालाई निमोनियाको आशंका भएकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *