बागलुङ । बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ ।
फेयरमेड र बिवाइसी बागलुङको साझेदारीमा ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ ढोरपाटन, ढोरपाटन नगरपालिका–४ खुङ्गा लुकुरवन सामुदायिक स्वास्थ्य एकाइ, निसीखोला गाउँपालिका–५ स्थित निसी सामुदायिक स्वास्थ्य एकाइ, तमानखोला गाउँपालिका–५ स्थित खुङ्खानी स्वास्थ्यचौकी, तमानखोला गाउँपालिका–७ स्थित नर्जाखानी सामुदायिक स्वास्थ्य एकाइ, बडिगाड गाउँपालिका–१० सिसाखानी स्वास्थ्यचौकी र बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
तीमध्ये बरेङको धुल्लुबाँस्कोट र बडिगाडको सिसाखानीमा बर्थिङ सेन्टरको औपचारिक शुरुआत हुन बाँकी छ ।