अर्थ

एलन मस्क विश्वकै दोस्रो धनी बने

एजेन्सी ।  माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । मोटर निर्माण कम्पनी टेस्लाको सेयर मुल्य उकालो लागेसँगै मस्क धनी व्यक्तिको सूचीमा अगाडि बढेका हुन् ।

ब्लुमबर्ग खर्वपति सूचांकअनुसार ४९ वर्षे मस्कको सम्पत्ति १२८ अर्ब डलर पुगेको छ । बिल गेट्सको सम्पत्ति हाल १२७ अर्ब डलर रहेको छ । गत जनवरीसम्म मस्क विश्वका धनी व्यक्तिको सूचीमा ३५ औं स्थानमा रहेका थिए । मस्कले गत साता फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पनि उछिनेका थिए ।

जुकरबर्ग अहिले पाँचौं स्थानमा छन्, यसभन्दा अगाडि फ्रान्सका बर्नाड अर्नाल्ट चौथो धनी बनेका छन् । टेस्ला कम्पनीको सेयर सन् २०२० मा ४९० प्रतिशतले बढेको छ ।

जसमा मस्कको सम्पत्ति २० प्रतिशत छ । कम्पनीले सन् २०१० मा आइपिओ जारी भएपछि हालसम्म सेयर मूल्य ४ हजार प्रतिशतले बढेको छ । टेस्ला संसारकै सबैभन्दा मुल्यवान कार कम्पनी हो । जसको मार्केट भ्यालु हाल ५०० मिलियन डलर पुगेको छ ।

हाल विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन मालिक जेफ बेजोस छन् । उनको हाल सम्पत्ति १८२ अर्ब डलर छ । सन् २०१७ देखि बिल गेट्सलाई उछिनेर बेजोस हालसम्म विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *