मनोरञ्जन

चर्चाको शिखरमा ‘घरवाली’

काठमाडौं । चर्चित संगीतकार कमल अधिकारीको शब्द तथा संगीत संयोजनमा म्युजिक भिडियो ‘घरवाली पैसा खन खन…’ सार्वजनिक गरिएको छ ।

विष्णु थापा (सरगम) को स्वर रहेको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको हुन् ।

भिडियोमा नायक पल शाहकी घरवालीको रूपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा मायाको द्वन्द्व र मिलन मिसिएको देख्न पाइन्छ ।

निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । भिडियोको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

पछिल्लो समय संगीतकार कमल अधिकारी र गीतकार हरि कटुवालको सहकार्यमा बनेका ‘तिमी हासेको पल’ र ‘नाचौ छम छम’ लगायत गीतहरू चर्चाको शिखरमा छन भने विष्णु थापा सरगम र नगेन्द्र रिमाल पनि जोडिएको यो गीतले झनै चर्चा बटुली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *