राजनीति

नेकपा कुनै हालतमा फुट्दैन: मन्त्री त्रिपाठी

परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नहुने बताएका छन् ।

स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहेका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे । 
 
आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यकता भनेको वैचारिक/राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’

अर्को प्रसंगमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *