राजनीति

भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै  छन् । बिहान ११ बजे काठमाडौं आइपुग्ने उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ । 

श्रींगलाको यो भ्रमण नेपाल र भारतबीच हुँदै आएको उच्चस्तरीय भ्रमणकै निरन्तरता रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् । यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *