स्थानिय खबर

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

कामाडौं । आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहनेछ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशका धेरै ठाउँहरूमा आज चिसो बढ्नुका साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *