राजनीति

ओली सरकारलाई जसरी पनि हटाउनुपर्छ: डा.डिला संग्रौला

काठमाडौं । कांग्रेस नेतृ एवम् सांसद् डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प तत्काल खोज्नुपर्ने बताएकी छिन् । उनले सत्तारुढ नेकपालाई सरकारको विकल्प खोज्न दुई विकल्पसमेत अगाडि सारेकी छिन् ।

नेकपाले संसद खुलाउन तयार नभए ओलीको विकल्प सडकबाट खोजीने संग्रौलाको भनाइ छ । संग्रौलाले भ्रष्टाचारको जालोमा मुछिदैं गएर देशकै इज्जत फालेको सरकारको विकल्प नेकपाले खोज्ने कि प्रतिपक्षले खोज्ने भनि प्रश्न उठाएकी छिन् ।

‘जनतालाई मीठामीठा सपना बाँड्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रतिबद्धता बोकेका प्रधानमन्त्री केपी ओली अन्तत्योगत्वा भ्रस्टाचारको जालोमा मुछिइ देशको इज्जत र प्रतिष्ठामा नै कालो धब्बा साबित हुनु भएकाले प्रचण्ड बहुमत प्राप्त नेकपाले देशलाई भ्रस्टाचारमय बनाउँदै जाने कि विकल्प पनि खोज्ने ?’ संग्रौलाले प्रश्न गरेकी छिन्, ‘यसको छिनो फानो अबिलम्ब संसदले गर्न दिने कि प्रतिपक्षद्वारा सडक तताउने ? मर्जी नेकपाको !’

उनका अनुसार ट्रान्सपरेन्सी इन्टरनेशनल मात्रै नभई स्वंय नेकपाले पनि भ्रष्ट भएको भनि उल्लेख गरेको ओलीको विकल्प खोजिनुपर्छ ।

उनले भनेकी छिन्, ‘पानीको मूल नै फोहोर छ भने पानी सफाहुने कुरै भएन । ट्रास्परेन्सी इन्टरनेशनलको एसिया प्रतिवेदन यहि कुरालाई पुष्टि गरेको छ । नामै तोकेर नेपालका प्रधानमन्त्री केपी ओलिले भ्रस्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैं उत्रन्छन भन्ने प्रतिवेदन सार्वजनिक हुनुले नेपाल र नेपालीको शीर नै निहुरिनु पुगेको छ । नागरिकमा सरकारप्रति नैरस्यता उत्पन्न भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *