पालिका खबर

सर्लाहीमा अधिकांस ढुंगा क्रसर मापदण्ड विपरित

सर्लाही । सर्लाहीमा संचालन भइरहेका ९ वटा ढुंगागिटी क्रसर उद्योगको अनुगमना अधिकांस गैरकानुनी रुपमा चलेको पाइएको छ ।

जिल्ला स्तरीय अनुगमन टोली दुईदिन लगाएर गरेको अनुगमनमा अधिकांसले नविकरण नगरि संचालन गरेको देखिएको हो । 

अनुगमनको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संचालनमा रहेका अधिकांस क्रसर उद्योग नविकरण नै नभएको र मापदण्ड विपरित देखिएकाे बताए ।

उनले अनुगमनमा देखिएका सबै विवरण खुलाएर केन्द्रमा प्रतिवेदन पठाइने बताए । सरकारले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि जिल्लामा सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग, वन लगायत सरोकारवाला निकायका प्रमुखहरुले क्रसरहरुको अनुगमन गरेको हो ।

क्रसर उद्योगमा शक्तिशालीको लगानी हुने गरेका कारण जति गुनासो आए पनि कारबाही भने हुने गरेको छैन् । वागमती नदी किनारमा खुलेका क्रसरले डुवान र कटानको समस्या निम्तिएको भन्दै स्थानीयले बिरोध गर्दै आएका छन् । तर शक्तिकेन्द्रको आडमा ती क्रसर निर्वाध संचालन हुँदै आएका छन् । 

वन र नदी किनारमा खुलेका क्रसरले जथाभावि ढुंगा झिकेको भन्दै गुनासो आउने गरेको छ । नदी किनारमा ढुंगा झिक्दा बाढी आउने र वन क्षेत्रको ढुंगा झिक्दा पहिरो जाने गरेको भन्दै आसपासका बासिन्दाले विरोध जनाउँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *