पालिका खबर

रिहाना खड्काले खुवाइन् असायहरूलाई खाना

काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा जोखिम न्यूनीकरणको लागि सरकारद्वारा लगाइएको लकडाउनमा मानिसहरूले दुःख भोगिरहेका छन् । खान नपाएर भोकभोकै हिँड्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढेको छ । असहाय तथा विपन्न कतिपय मानिसहरु भोकै बस्नुपर्ने अवस्था आएको छ ।

भनिन्छ- ‘सेवा नै धर्म हो’ । यहि कुरालाई आत्मसात गर्दै नुवाकोट जिल्लाको थान्सिङमा जन्मिएर हाल अमेरिकाको टेक्सस राज्यमा बस्दै आएकी रिहाना खड्काले नेपालमा लकडानको कारणले आपत-विपतमा परेका बिपन्न मानिसहरुलाई खाना वितरण गरेकी छिन् ।

खड्काले काठमाडौंको विभिन्न क्षेत्रमा रहेका असहायहरुलाई खाना वितरण गरेकी हुन । उक्त कार्यले करिक २५० जना व्यक्तिहरू लाभान्वित भएको खड्काले बताइन् ।

काठमाडौंको विभिन्न क्षेत्रमा तीन दिन लगाएर खाना वितरण गरिएको थियो । खड्काले लकडाउनका कारण थप समस्यामा परेका विपन्न मानिसहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *