Uncategorized

वामदेव अब माननीय

काठमाडौं । बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन्।

गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

राष्ट्रपतिबाट मनोनित भएपछि आजै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले सपथ ग्रहण गराएका हुन्।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। सो निर्णय बुधबार राष्ट्रपति कार्यालयमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *