अर्थ

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे सुरु

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे सुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छे« गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो ।

मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर विस्तार सुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम सुरु भएसँगै खुशी भएका छन् ।

कालोपत्रे गर्न थालनीपछि हेमजावासी, माछापुच्छे« गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *