Uncategorized

केही दिन प्याज नकिन्न वाणिज्य विभागको आग्रह

काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।

बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।

सूचना अधिकारी रवीन्द्र आचार्य भन्छन्, ‘‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन् ।,’

लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण बलसहित लागेको निर्देशक आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *