Uncategorized

जिल्ला बाहिर दूध बिक्री हुँदा दैलेखका किसान उत्साहित

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न थालेका छन् ।

सोही ठाउँ बस्ने तुलाराम कँडेलले पनि दूधबाट आम्दानी गर्न थालेका छन् । यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध घरबाटै बिक्री हुन थालेपछि कँडेल उत्साहित छन् ।

विक र कँडेल मात्रै होइन, यहाँका पाँच सय किसानको दूध घरबाटै बिक्री शुरु भएको छ । नजिक बजार नभएका कारण दूध बिक्री गर्न नपाएका किसानले अब दूध बिक्री गर्न थालेका छन् ।

‘अब दूध बिक्री शुरु भयो, हाम्रो निर्वाहमुखी पेशा व्यावसायिक बन्छ होला’, विकले भने । ‘हातहातै आम्दानी हुने भएपछि हामीलाई व्यावसायिक बन्न कर लाग्ने भयो ।’

टाउकोमा घ्यूको कन्टर बोक्दै खाली खुट्टा नेपालञ्ज र बर्दियाको राजापुरसम्म पुगेर विक्री गरी नुन र लत्ताकपडा ल्याउँदै गरेका ५२ वर्षीय विक अहिले घरमै दूध लिन गाडी आएपछि निकै खुशी छन् । 

आफ्नो पालामा यसरी दैलोमै गाडी आएर अन्त जिल्लामा विक्री होला भनेर कल्पनासमेत नगरेका विक अहिले आफूले पालेको भैँसीको दूध दिनहुँ डेरीमा विक्री गर्छन् । 

किसानले दूध विक्री गरेर मासिक रु दश लाखभन्दा बढी गाउँ भित्र्याउन सफल भएका छन् ।

अहिले दैनिक एक सय जना किसानले मात्र दूध ल्याउने गरेको चामुण्डामाई सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *