अर्थ

भरतपुरको गीतानगरमा खानेपानीको ओभरहेड ट्याङ्की शिलान्यास

भरतपुर । भरतपुर महानगरपालिका–६ गीतानगरमा खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज ट्याङ्कीको शिलान्यास गर्दै नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताइन् ।

प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले सोहीबमोजिम महानगरपालिका र खानेपानी बोर्डमार्फत काम अगाडि बढाइरहेको जानकारी दिइन् । उनले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन र आयोजनाको विस्तारमा सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्न पनि आग्रह गरिन् ।

भरतपुर खानेपानी बोर्डका अध्यक्षसमेत रहेका दाहालले तोकिएकै समयमा गुणस्तरीय ढङ्गले योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिदैं प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न आग्रह गरे ।

भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा नं १ देखि १६ सम्म व्यवस्थित प्रणालीमार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *