Uncategorized

बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली सिनेमा छनोट

काठमाडौं । एसियाको प्रतिष्ठित दक्षिण कोरियाली बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली सिनेमा परेको छ।

सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘ऐना झ्यालको पुतली’ २५ औं बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा परेको हो।

फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यु करेन्ट सेक्सन’ मा पर्दै उक्त सिनेमाले बुसानको यात्रा तय गरेको हो। उक्त सेक्सनमा यअघि कुनै पनि नेपाली सिनेमा परेका थिएनन्।

बुसानमा अन्य नेपाली सिनेमा छनोटमा परेपनि फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको ‘न्यु करेन्ट सेक्सन’मा भने पहिलो पटक ‘ऐना झ्यालको पुतली’ परेको हो।

यसवर्ष भर्चुअल कार्यक्रममार्फत् छनोट भएका सिनेमाको सूची सार्वजनिक गरिएको थियो।

‘न्यु करेन्ट सेक्सन’ मा विश्वभरबाट एक नेपालीसहित १० फिल्म परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *