स्वास्थ्य

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष

कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले जानकारी दिए ।

भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *