राजनीति

पर्यटनलाई आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका आरोही मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किलीपेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ बिदाइ गर्न आज आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण गरेर हिमाल आरोहीले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गरे ।

मन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाटै मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने स्पष्ट पारे । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहणका क्षेत्रमा नयाँनयाँ कीर्तिमान कायम राख्नेको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए ।

मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका आरोहीलाई सफलताको शुुभकामना व्यक्त गरे । मिङ्मा, दावा र किलीले सगरमाथाको पटकपटक आरोहण गरिसकेका छन् ।

मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन आरोहण दलका सदस्यलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *