मनोरञ्जन

किन्डर गार्डेनकी शिक्षिका श्रेष्ठ बनिन् मिस नेपाल-२०२०

काठमाडौं । मिस नेपाल-२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् । मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *