पालिका खबर

दरबारमार्गस्थित ल्याण्डमार्क सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई ५ वर्ष कैद

काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौं जिल्ला अदालतले २७ कात्तिक ०७६ मा उक्त फैसला गरेको थियो ।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा ७ माघ ०७५ मा शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध २५ भदौ ०७७ मा उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *